Logo

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १८ जना घाइते



पाल्पा, २२ पुस । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने आउँदै गरेको यात्रुबहाक बस पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बस राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको मत्यु भएको छ । दर्घटनामा खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको मृत्यु भएको जनाइएको छ । मृतक सबै खुर्साने गाउँका हुन् ।

दुर्घटनामा परेका १८ जना घाइतेको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्