मेचीनगर, २२ भदौ । मेचीनगर-६ स्थित मिश्र डाडाको एउटा घरमा पुजाको प्रसाद खादा करिव ३५ जना गाउँलेहरु विरामी परेका छन् ।
काँकरभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाडाका जनम थापा मगरको घरमा आइतबार श्रीमान भीम मगरको एक वर्षको बरखान्त सकेर सोमबार पुजा लगाइएको थियो ।
पुजाको प्रसाद खाएका करिव ३५ जना आफन्त र छिमेकीहरु मंगलबार विहानदेखि विरामी परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले बताए ।
विरामीहरुलाई मनिषा मेडिकल, तेजस्वी क्लिनिक, धुलाबारीको आम्दा अस्पताल, बिर्तामोडको बिर्तासिटी, वीएण्डसी र ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको डीएसपी महतोले बताए । उनका अनुसार डाक्टरले फुड पोइजन भएको बताएको छ ।