युक्रेन, २२ पुस । रुसी ‘अर्थोडक्स’ क्रिसमसको समयसँग जुध्नेगरी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका ३६ घण्टे युद्धविरामलाई युक्रेनले खारेज गरिदिएको छ ।
युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकहरूलाई युद्धमोर्चानजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
मस्कोको समय अनुसार शुक्रवार राति १२ बजेबाट युद्धविराम शुरू हुनेछ जुन समय रुसी ‘अर्थोडक्स’ क्रिसमसको समयसँग जुध्ने छ ।
रुसी ‘अर्थोडक्स’ गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले गरेको अपिल अनुसार आफूले सेनालाई युद्धविराम गर्न आदेश दिएको पुटिनले बताएका छन् ।







