पोखरा, २७ असोज । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ ।
पोखराको याम्दीमा रहेको गोष्तेघाट मैदानमा आज भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई दुई-शून्य गोलले हराउँदै विजयी सुरुवात गरेको हो ।
एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले एक–एक गोल गरे । विमलले खेलको आठौँ मिनेटमा र सञ्जोगले ५५ औँ मिनेटमा गोल गरेका थिए ।