Logo

पुरुष साफ च्याम्पियनसिप फुटबल यो वर्ष नहुने



काठमाडौं, ११ वैशाख । पुरुष साफ च्याम्पियनसिप फुटबल यो वर्ष नहुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यस वर्ष आयोजना गर्ने तय भएको च्याम्पियनसिप सन् २०२६ सम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

साफले यसअघि होम एन्ड अवे ढाँचामा आयोजना गर्ने भनेको प्रतियोगिता आवश्यक तयारी नपुगेकाले सारिएको जनाएको छ ।

यसअघि साफ आगामी असार ११ देखि २१ गतेसम्म श्रीलंकामा आयोजना गरिने तय भएको थियो । साफले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई भव्य बनाउन सबै सरोकारवालाले पर्याप्त समय पाउन आवश्यक रहेको जनाएको छ ।

सन् २०२६ फिफा विश्वकप वर्ष पनि भएकाले प्रतियोगिताको उपयुक्त मिति र स्थान तय गर्ने उल्लेख गरेको छ । साफको पछिल्लो संस्करण सन् २०२३ मा भारतमा भएको थियो ।

उक्त च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नेपालले हालसम्म साफ च्याम्पियनसिप फुटबल उपाधि जित्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्