Logo

पुलबाट टिपर खस्दा चालकको मृत्यु



तनहुँ, २ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका-४, पावरहाउसस्थित रुवाखोलाको पुलबाट मिनिटिपर खस्दा चालकको मृत्यु भएको छ ।

तनहुँकै म्याग्दे गाउँपालिका-६, मनपाङका ४७ वर्षीय रामबहादुर दमाईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान करिब साढे ४ बजे मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१क ४४६९ नम्बरको टिपर अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्