Logo

पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा



काठमाण्डाै, १२ फागुन ।  नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा आर्मीले पुलिसलाई २–० गोलले हरायो । आर्मीका नवयुग श्रेष्ठ र दिनेश हेम्जनले गोल गरे ।

अब आर्मीले सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सङ्कटा क्लबबीचको खेलको विजेतासँग खेल्नेछ । प्रतियोगितामा आजको दोस्रो खेलमा अहिले दिउँसाे ३ बजे आयोजक केपी ओली एफसी र न्युरोड टिम (एनआरटी) खेल्दैछन् ।

प्रतियोगितामा ६ वटा ‘ए’ डिभिजन टोली, २ विदेशी र १ आयोजक गरी ९ वटा टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ । फाइनल खेल यही १९ गते हुनेछ ।

केपी ओली कपमा इटालीका विश्व चर्चित गोलरक्षक जियानलुइजी बुफोनको पनि उपस्थिति रहने छ ।

प्रतिक्रिया दिनुहोस्