काठमाडौँ, २० चैत । अब कोरोनाविरुद्धको पूर्ण खोप लगाएको तीन महिनामै बुस्टर मात्रा लगाउन पाइने भएको छ ।
सरकारले कोभिडविरुद्धको पूर्ण खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई थप एक मात्रा (बुस्टर) खोप दिने निर्णय गरेको हो ।
राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिशअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाइ पूर्ण खोप लगाएको ३ महिना पूरा भएकालाई बुस्टर मात्रा लगाउन निर्देशनसमेत दिइसकेको छ ।
यसअघि सरकारले पूर्ण खोप लगाएको ६ महिना पुगेका व्यक्तिलाई मात्रै बुस्टर मात्रा लगाउँदै आएको थियो ।