विराटनगर, ३ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
विराटनगर महानगरपालिकाद्वारा आज आयोजित ‘पूर्ण खोप सुनश्चितता घोषणसभा’को उद्घाटन कार्यक्रममा उनले खोपलाई निरन्तरता दिन सम्बन्धित पक्ष, स्वास्थ्य स्वयम्सेविका र जनप्रतिनिधिहरूलाई विशेष चनाखो हुन आग्रह गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले व्यवस्थित बसोबास नभएका कारण सहरी क्षेत्रका बालबालिकासमेत खोपको दायरामा नआएको हुनसक्ने चर्चा गर्दै महानगरपालिकाले डिजिटल अभिलेखको व्यवस्थित रुपमा राखी खोपको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।
उनले आजका स्वस्थ्य केटाकेटी मुलुकका भोलिका कर्णधार भएकाले उनीहरूमार्फत समाज र राष्ट्रको विकास र समृद्धिमा सघाउ पुग्ने धारणा राखेका थिए ।
मुलुक विकासोन्मुख भएकाले यसको प्राथमिकता सडक, पुल भए पनि मानव स्वास्थ्यप्रति सरकार संवेदनशील भई आवश्यक बजेट विनियोजन गर्ने मुख्यमन्त्री कार्कीले बताए ।
उनले यस क्षेत्रमा कोरोना सङ्क्रमित वृद्धि हुन नदिन भारतसँग जोडिएका नाकाहरूमा आवश्यक सतर्कता अपनाउन प्रदेश सरकार र महानगरपालिकालले संयुक्त रूपमा एन्टिजेन र पिसिआर परीक्षणको व्यवस्थाको तयारीको व्यवस्थ सुरु गर्ने जानकारी दिए ।