Logo

पूर्वप्रधानमन्त्रीलाई जोगाउन बालुवाटार जग्गा प्रकरण सामसुम पारियो: लिङ्देन



काठमाडौँ, १ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रीपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको आदेश दिए पनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको बताए ।

उनले जनतालाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचार विरुद्धका काम गरेँ भनेर दंगा पिटेको बताए । उनले सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको निर्वाचन नआउने दाबी गरेका थिए ।

उनले ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरुलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको बताएका छन् ।

उनले नेपाल आज शक्ति देशको प्रतिष्पर्धा स्थल बनिरहेको बताए । उनले सरकार एकातिर भ्रष्टाचारविरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काममा लागेको बताएका हुन् ।

उनले भने, ‘आज सरकार मस्त निद्रामा छ । केही खरदार सुब्बा र मानिसलाई जेल हालेर ठूलै भ्रष्टाचारको विरुद्ध काम गरेँ भनेर सरकार दंगा पिटिरहेको छ । केही मानिसमा भ्रम पनि होला, यो सरकार ठूलै काकम गर्न लाग्यो कि के हो भनेर । आज आदेशअनुसार काम गर्ने? आफ्नो पैस लगानी गरेर जग्गा किन्ने मानिसलाई कारबाही गर्ने, थुनामा राख्ने सरकारले आदेश दिने, मन्त्रिपरिषद्को अध्यक्षता गर्ने मानिसलाई किन थुन्न सकेनरु त्यो फाइल सामसुम पार्ने योजना छ ।’

प्रतिक्रिया दिनुहोस्