
काठमाडौँ, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव प्रदान गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीवार राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री खनाललाई पदक प्रदान गरेकी हुन् । गएको ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण आज प्रदान गरिएको हो ।
संविधान दिवसका अवसरमा सरकारले नौ सय तीन जनालाई मान-पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरेको थियो ।







