
काठमाडौँ, ८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नी दिव्येश्वरी चन्दको निधन भएको छ । चन्द ८२ वर्षको थिइन् ।
चन्दको उपचारका क्रममा आज बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
चन्द उच्च रक्तचाप, पक्षघातलगायत रोगबाट पीडित थिइन् । उनको आजै पशुपतिको आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।







