काठमाडौं, १३ साउन । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचारी ठहर गरेको छ ।
सर्वोच्च अदालतले आज उहाँलाई दोषी ठहर गरेको हो । अदालतले उहाँलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैद फैसला पनि सुनाएको छ ।
विशेष अदालतले गरेको फैसलालाई आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले सदर गरेको सर्वोच्च अदालतले जनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीलगायत उनका परिवारका सदस्यविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा २०६० पुस १८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।







