Logo

पूर्वमा भन्दा पश्चिममा मनसुन सक्रिय : गण्डकीदेखि पश्चिममा ठूलो वर्षाको सम्भावना



काठमाडौं, २९ साउन । मनसुन पूर्वमा भन्दा पश्चिममा सक्रिय भएको छ । मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकीदेखि पश्चिममा ठूलो पानी पर्ने सम्भावना छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेश प्रदेश र अरु केही ठाउँमा मध्यम खालको पानी पर्नेछ । राति गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यम पानी पर्ने महाशाखाले जनाएको छ ।

वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्