Logo

पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाँदै



काठमाडौँ, २१ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह दुई महिनाको बीचमा दोस्रोपटक १० दिने भारत भ्रमणमा जान भएका छन् ।

करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लागेका हुन् ।

पूर्वराजा शाहसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा र पूजालगायतको टोली भारत भ्रमणमा निस्कन लागेको उनको सचिवालयले जनाएको छ । पूर्व युवराज पारस भने निर्मल निवासमै रहने छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा राज परिवारका सदस्य भारत भ्रमणमा जान लागेका हुन् । ज्ञानेन्द्रले लखनउमै १० दिन बिताउने हो वा नयाँ दिल्लीलगायत अन्य राज्यको पनि भ्रमण गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्