Logo

पूर्वराजा शाहको पक्षमा काठमाडौंमा प्रदर्शन हुँदै



काठमाडौँ, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आइतबार काठमाडौँमा प्रदर्शन हुँदैछ । राप्रपाको आह्वानमा राजतन्त्र पुनःस्थापना पक्षधरहरूले आज काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेका हुन् ।

पोखरामा रहेका पूर्वराजा शाह आज काठमाडौँ फर्किँदै हुनुहुन्छ । उहाको स्वागतका साथै राजतन्त्रका पक्षधरहरूले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रदर्शन गर्दैछन् । दिउँसो करिब तीनबजे शाह काठमाडौँ फर्किने तयारी छ ।

सोही अनुसार प्रहरीले काठमाडौँको सुरक्षा व्यस्था कडा पारेको छ । ‘साविकको भन्दा धेरैं १२(१३ सयको संख्यामै आज प्रहरी खटाइएको छ,’ प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले भन्नुभयो, ‘सोही अनुपातमा अन्य सुरक्षा फोर्स पनि खटाइने तयारी छ।’

राजतन्त्र पुनःस्थापना पक्षहरूको गतिविधिले सत्तामा रहेका दुई दल कांग्रेस र एमालेले पनि आन्तरिक छलफल तीव्र बनाएका छन्।

उनीहरूले राजावादीहरूको गतिविधिलाई कसरी निस्तेज पार्न सकिन्छ र सरकारको भूमिका कस्तो बनाउने भन्ने विषयमा बालुवाटारकेन्द्रित छलफल गरिरहेका छन्।

स्वागत कार्यक्रममा केही प्रमुख नेताहरू भने एयरोर्टमा जाने तर धेरै जनता हुने भएकोले एयरपोर्ट बाहिरको मुख्य गेट बाहिर लामबद्ध रहने राप्रपा नेता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो।

उहाले भन्नुभयो, ‘एयरपोर्टबाट उहाँ बाहिरिएपछि गौशाला, चावहिल, महाराजगञ्ज हुँदै निर्मल निवाससम्म र्‍याली जानेछ।’ सरकारको १० हजार अनुमान भए पनि आज राजाको स्वागतमा सरकारको अनुमान भन्दा बढी हुने उहाले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्