Logo

पूर्वाधार विकास समितिकाे सभापतिमा राप्रपाका सिंहकाे उम्मेदवारी दर्ता



काठमाडौँ, १० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एउटा संसदीय समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेको छ ।

आइतवार सिंहदरबारमा राप्रपाका तर्फबाट पूर्वाधार विकास समितिको सभापतिमा दीपककुमार सिंहले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन छन् ।

त्यसैगरी कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) की विमला सुवेदीको उम्मेदवारी दर्ता भएको छ । उनको प्रस्तावकमा पूर्णबहादुर घर्ती, समर्थकमा महेश बर्तौला, रमेश लेखक र ध्रुवबहादुर प्रधान छन् ।

प्रतिनिधिसभाअन्तर्गत १० वटा विषयगत समितिको सभापति पदका लागि भोलि हुने चुनावका लागि आज बिहान ११ देखि दिउँसो ४ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्