Logo

पूर्व अर्थसचिवहरूसँग छलफल गर्दै संसदीय विशेष समिति



काठमाडौँ, ४ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले पूर्व अर्थसचिवहरूसँग छलफल गर्दैछ ।

बुधबार पूर्व अर्थसचिवहरूलाई छलफलमा बोलाएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । आज बस्ने बैठकमा पूर्वअर्थसचिव रामेश्वर खनाल, शिशिर ढुंगाना र शान्तराज सुवेदीलाई छलफलका लागि बोलाइएको छ ।

मंगलबारको बैठकले सीसीटीभी फुटेज रिकभरका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाको सहयोग लिने निर्णय गरेको थियो । समितिले पूर्व अर्थमन्त्री शर्मालाई पनि बयानका लागि बोलाउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्