झापा, १० जेठ । काठमाण्डौमा राजावादी शक्ति र राप्रपालगायत दलहरूले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको तयारीमा लागी रहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह भने झापा आउन लाग्नुभएको छ । शाह आइतबार झापा आउन लाग्नुभएको हो ।
शाह दमकस्थित हिमालयन महालक्ष्मी टी इस्टेटको ‘मिनी दरबार’ मा बस्ने बताइएको छ । स्रोतका अनुसार शाहका केहि परिवार यस अघि नै झापा आइसकेका छन् । यता जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले भने शाह आउने बारेमा केहि जानकारी नभएको बताउनुभयो।