काठमाडौँ, ११ वैशाख । पूर्व राज्यमन्त्री एवम् लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)प्रदेश सभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।
क्यान्सर रोगले बिरामी झाको उपचारका क्रममा गएराति काठमाडौँमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिए ।
पूर्व संविधान सभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री बनेका थिइन् ।