काठमाडौँ, २७ पुस । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो काम भएको बताएका छन् ।
शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा ३०२औँ पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा ओलीले पुथ्वी जयन्तीलाई एकता दिवसका रूपमा मनाउनु राम्रो भएको बताएका हुन् ।
एकता दिवस भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन कार्यक्रम गरेको छ, त्यसका लागि उहाँहरूलाई धन्यवाद छ । यो राम्रो काम गर्नुभएको छ,” उनले भने ।
राप्रपाको चियापान कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू सहभागी थिए ।







