Logo

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो



धादिङ, १९ वैशाख । सडक भासिए पछि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

१८ घण्टादेखि ठप्प भएको राजमार्ग बिहान १० बजेदेखि खुलेको हो ।

दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

सोमबार दिउँसो ४ बजे धादिङको धार्केमा गणेश खोला पुल नजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो ।

जैसवारका अनुसार भासिएको भागमा माटोले पुरेर र पर्खाल लगाएर एकतर्फी सडक खुलाइएको हो । साँघुरो ठाउँका कारण सडक मर्मतमा ढिलाइ भएको थियोे ।  सेना र  सडक विभागका कर्मचारीलगायतको टोली सडक खुलाउन खटिएका छन् ।

आज सडक खुले पनि दिनभरजसो नै यो क्षेत्रमा चाप पर्ने सम्भावना छ । सडकको दुईतर्फी नै गाडीको लामो लाइन लागेकाले लामो जाम छ । पृथ्वी राजमार्ग भएर ६८ जिल्लाबाट दैनिक हजारौँ सङ्ख्यामा गाडी र यात्रु आवतजावत गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्