Logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौं ,१८ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको जानकारी दिएको छ । भारतबाट घटेर आएसँगै नेपालमा पनि घटाइएको हो ।

यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो १६५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा (काठमाडौं) १६८ रुपैयाँ प्रतिलिटर हुनेछ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५०, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ पुगेको छ ।

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने घटाएको छैन । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्