Logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौँ, ३ चैत्र । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको छ।

नयाँ दरअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ।

अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँमा कारोबार हुनेछ।

इन्डियन आयल कर्पोरेसनबाट इन्धनको मूल्य घटेर आएकाले नेपाल आयल निगमको सञ्चालक समिति बैठकले यो निर्णय गरेको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्