Logo

पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्यो, पेट्रोलमा ८ र डिजेलमा १२ रुपैयाँ वृद्धि



काठमाडौँ? २६ जेठ । नेपाल आयल निगमलेपे बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नयाँ मूल्य अनुसार प्ट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२र१२ रुपैयाँ बढाउने निर्णय गरेको छ ।

निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ । यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्