Logo

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो



काठमाडौँ, १ जेष्ठ । सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढाएको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।

शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्