काठमाडौं, २ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा १५ र डिजेल/मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।
मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ भएको छ भने डिजल/मट्टीतेल प्रतिलिटर १५२ रुपैयाँ भएको छ ।
निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ३१, डिजलमा ५४ र एलपी ग्यासमा २१६ रुपैयाँ बढेर आएको जानकारी दिएको छ ।








