Logo

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



काठमाडौँ, १२ साउन । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट बैठक सुरु भएको हो ।

बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका विषयमा पनि छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

पार्टीमा संघीय निर्वाचन अघि नै पदाधिकारीलगायत विभिन्न संगठनलाई पूर्णता दिनुपर्ने आवाज उठ्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्