Logo

पेरुमा सरकार विरोधी प्रदर्शन: १७ जनाको मृत्यु



पेरु, २७ पुस । पेरुमा सरकार विरोधी प्रदर्शनमा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

दक्षिणपूर्वी पेरुको जुलियाका विमानस्थल नजिकै भएको पछिल्लो झडपमा कम्तीमा १७ जनाको मृत्यु भएको हो ।

पेरुका राष्ट्रपति डिना बोलुवार्टेको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शन भैरहेको छ । गएको डिसेम्बर पहिलो हप्ता तत्कालीन राष्ट्रपति पेड्रो कास्टिलोलाई हटाएर हिरासतमा राखिएसँगै त्यहाँ विरोध सुरु भएको थियो । प्रदर्शनकारीले विभिन्न किसिमका नाकाबन्दी समेत गरेका छन् ।

उनीहरुको माग हिरासतमा राखिएका पूर्वराष्ट्रपति कास्टिलोको रिहाइ, राष्ट्रपति बोलुआर्टेको राजीनामा र नयाँ चुनावको लागि आह्वान रहेको समाचार संस्था अल जजिराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्