Logo

पेलेको अन्त्यष्टि आज



ब्राजिल, १९ पुस (एएफपी) । ब्राजिलका महान् फुटबल खेलाडी पेलेको मृतआत्माको शान्तिको कामना गर्दै सोमबारदेखि २४ घण्टे ‘वेक’ (मृत्युसँग सम्बन्धित जमघट) कार्यक्रम सम्पन्न भएकाले आज अन्तिम संस्कार गरिने भएको छ ।

पेलेको लामो समयदेखिको सान्तोसस्थित गृहनगर भिला बेल्मिरोमा उनको सम्मानमा क्याथोलिक क्रिश्चियन परम्परा अनुसार उक्त जमघट भएको हो । मृतकको परिवार, आफन्त र प्रशंसकले उनको आत्मामा सैतानको प्रवेश नहोस भनी प्रार्थना गर्ने क्रिश्चियन परम्परा रहेको छ ।

उनको खेल जीवनको सुरूवाती मैदानको बीचमा राखिएको मृत शरीरमाथि फुलमाला अर्पण गर्दै उक्त शोक सभा सम्पन्न भएपछि उनको क्रिश्चियन परम्परा अनुसार अन्तिम संस्कार मङ्गलबार आज गरिनेछ ।

तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको हो । साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले क्यान्सरसँग लामो संघर्षपछि उनको मृत्यु ‘मल्टिपल अर्गान फेलियर’ का कारण भएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्