झापा, १९ मंसिर । वरिपरि छरिएका कागजहरु, हातमा पेन्सिल अनि साथमा थुप्रै कलर पेन्सिलहरुको सहायतामा एउटा मानिसको तस्वीरलाई कागजमा जस्ताको त्यस्तै उतादैर् बसिरहेका एक युवक । यो दिनचर्या हो– झापा बुद्धशान्ति–६ का चित्रकार निरज कुइँकेलको ।
सानैदेखि चित्र कोर्न मन पराउने निरजले बाल्यकालको आफ्नो इच्छालाई पेशामा स्थापित गरेका छन् । सानैदेखि चित्रहरु कोनेर् गरे तापनि कक्षा–८ मा पढ्दा शिक्षकहरुले आफूले बनाएको चित्र मन पराएपछि चित्र बनाउने थप प्रेरणा मिलेको उनी बताउँछन् ।
उनले सानैदेखि विभिन्न भगवान, पैसा आदिको चित्र कोनेर् गरेका थिए । कक्षा–८ मा पढ्दादेखि सबैको हौसला पाएर चित्र कोनेर् कार्यलाई उनले कक्षा–१० मा पुगेपछि केही समयका लागि ‘ब्रेक’ लगाए । ‘पढाइलाई निरन्तरता दिने सोचले केही वर्ष चित्र कोराइलाई स्थगित गरेँ’, उनले भने, ‘लगाव र रुची चित्रकलामा भएकाले नै यो पेशा अँगालेँ ।’
उनले स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुको फोटो सामाजिक सञ्जालमार्फत लिएर चित्र बनाउने गरेका छन् । यसरी बनाएको चित्रबाट लिएको रकमले उनलाई कोठामा आवश्यक सामग्रीहरु जुटाउन सहज हुनुका साथै पढाई खर्चमा समेत सघाउ पुग्ने गरेको छ ।
निरजले बनाएका चित्रहरुः–
उनी भन्छन्, ‘मैले आफूले जानेको कलाबाट यहीँ बसीबसी राम्रो आम्दानी लिइरहेको छु भने विदेश किन जानु रु’ उनी आफूलाई सानै उमेरमा एक चित्रकारको रुपमा सबैले चिन्ने गरेकोमा गर्व महसुस गर्छन् । उनी आफ्नो कलालाई भगवानको वरदान नै ठान्छन् । किनकि आजसम्म न त कहिले चित्र बनाउन सिक्नका लागि कक्षा नै गएका छन् न त कुनै गुरुले नै सिकाएका हुन् । उनले आफ्नो कलाको प्ररणाको स्रोत बुबालाई मान्ने गरेका छन् । कुइँकेलले आफ्नो गुरु बुबालाई नै ठानेका छन् ।
एक व्यक्तिको चित्र कागजमा उतार्न उनलाई ४ देखि ५ घण्टा लाग्छ । उनमा भएको प्रतिभाको कदर गदैर् झापाको बुद्धशान्ति–४ स्थित मुनामदन एकेडेमीले आफ्नो शैक्षिक मेलामा कुइँकेलले बनाएका चित्रहरु प्रदर्शनीका लागि राख्ने भएको छ । त्यो वापत उनले पारिश्रमिक समेत पाउने भएका छन् । यतिबेला कुइँकेल सोही शैक्षिक मेलाको लागि चित्रहरु तयार पार्नमा व्यस्त छन् ।
कुइँकेलले विभिन्न कलाकाल तथा प्रख्यात व्यक्तिहरुको चित्र बनाएर बेला–बेलामा सामाजिक सञ्जाल मार्फत प्रस्तुतसमेत गनेर् गरेका छन् । सामाजिक सञ्जालमा पनि उनी आजभोलि निक्कैपरिचित बनेका छन् । उनले सामान्य किसिमका चित्र मात्र नभई ‘थ्रि डी’ आर्ट पनि गनेर् गरेका छन् ।