Logo

पेस्तोलसहित दुई जना पक्राउ



धादिङ, १४ असार । धादिङमा दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।

खनियाबास गाउँपालिका-२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

प्रहरीले उनीहरू बस्ने डेरामा खानतलासी गर्दा म्यागजिनसहित पेस्तोल, खुकुरीसमेत बरामद गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । आरोपितहरूले हतियार राखेर डरधम्की दिने गरेको आरोपपछि प्रहरीले खोजतलास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्