Logo

पैसा माग्दा नदिएपछि भद्रपुरका एक युवकले हाने आफ्नै हजुरआमालाई खुकुरी



सांकेतिक तस्बिर

झापा, १२ असार । झापाको भद्रपुरमा पैसा माग्दा नदिएपछि रिसको आवेगमा नातिले ७२ वर्षीया हजुरआमामाथि खुकुरी प्रहार गरेका छन् । आज बिहान अन्दाजी ५ बजेको समय भद्रपुर नगरपालिका(१० स्थित सत्र बिगेमा सोही ठाउँका २७ वर्षीय महेश सुबेदीले आफ्नै हजुरआमा ७२ वर्षीया थिनमाया सुबेदीलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

थिनमाया घरमा एक्लै बस्दै आएकी थिइन् । नाति महेश घरमा आई पैसा माग्दा नदिएपछि रिसको आवेगमा खुकुरी हानेको जनाइएको छ ।घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । उनको चिउँडो काटिएको छ । खुकुरी प्रहार गर्ने नाति महेश सुबेदी फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्