पोखरा, ३१ बैशाख । कास्कीको पोखरा महानगरपालिका- ३२ लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा परी थप ८ जना घाइते भएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।
घाइते चार जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामा तीन जनाको मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ।
बाँकी घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको उहाले बताउनुभयो ।