पोखरा, १५ जेठ । पोखराबाट जोमसोमका लागी उडेको तारा एयरको विमान सम्पर्कविहिन भएको छ ।
तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने थियो। मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको हाे ।
जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य पनि छन् ।
करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ । नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन । थप विवरण आउन बाँकी