पोखरा, ११ असार । पोखराको सुइँखेत डुबानमा परेको छ । शुक्रबार बेलुकादेखि परेकाे अविरल वर्षापछि गएकाे पहिराेले खाेला थुनिँदा सुइँखेत डुबानमा परेकाे हाे ।
डुबानमा परि १ सय ५० भन्दा बढी परिवार विस्थापित भएका छन् ।
पोखरा-२५ सुइँखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिए ।
नदी थुनिएपछि सबै घर डुबानमा परेका उनले बताए । विस्थापित हुनेहरूलाई सुरक्षित ठाउँमा राखिएकाे र अहिलेसम्म कुनै मानवीय क्षति नभएकाे तिमिल्सिनाले बताए । उनका अनुसार पोखरा-१६ अमलामा भने एउटा घर बगाएकाे छ ।







