Logo

पोखरामा निषेधाज्ञा क्षेत्रमै रास्वपाको प्रदर्शन, प्रहरीसँग झडपको स्थिति



पोखरा, ४ कार्तिक । पोखरामा जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञा तोडेर राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरेको छ ।

रास्वपा सभापति रवि लामिछानेको पक्राउविरूद्व प्रदर्शनमा उत्रिएका रास्वपाका कार्यकर्ताले शहिद चोक आसपास क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रहरीले निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउने प्रयास गरिरहेकामा दुई पक्षबीच घम्साघम्सीको अवस्था सृजना भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले शहीदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाईड) मा निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्