कास्की, ३२ साउन । कास्कीकाे पाेखरा महानगरपालिका-२३ ठूलाखेतमा गएराति पहिराेले घर र गाेठ बगाएकाे छ ।
पहिराेले विष्णुप्रसाद पाैडेलकाे घर र गाेठ बगाएकाे हाे । पहिराेले उनकाे घरमा रहेकाे भाँडाकुँडा, खाट दराजलगायत सामग्री बगाएकाे छ ।
यस्तै, पहिराेका कारण ठूलाखेतबाट घाँटीछिना जाने सडक अवरुद्ध भएकाे पोखरा महानगरपालिका वडा नम्बर २३ का वडासदस्य चेतनाथ क्षेत्रीले जानकारी दिए ।
यस्तै, त्यही वडाकाे हर्पनका कर्णबहादुर भट्टराईकाे गाेठ पनि पहिराेले पुरेकाे क्षेत्रीले बताए ।
अहिले पहिराेले पुरिएकाे सामान निकाल्ने र अवरुद्ध सडक सञ्चालनकाे प्रयास भइरहेकाे उनले बताएका हुन् ।







