Logo

पोखरामा बस दुर्घटना हुँदा नौ जना घाइते



कास्की, २९ चैत । पोखरामा भएको यात्रुबाहक बस दुर्घटनामा नौ जना घाइते भएका छन् ।

काठमाडौँबाट म्याग्दी जाँदै गरेको ग २ ख १६३० नम्बरको बस बिहीबार पोखरा महानगरपालिका वडा नम्बर २५ सुइँखेतमा दुर्घटना भएको हो ।

घाइतेमध्ये छ जना उपचारपछि घर फर्किइसकेका छन् भने तीन जनाको उपचार भइरहेको छ ।

बसका चालक बेनी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय राजकुमार गैरेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी नायब उपरीक्षक शर्माले बसका सहचालक २५ वर्षीय विनोद दर्जी पनि पश्चिम क्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्