Logo

पोखरामा मोटरसाइकल दुर्घटनामा युवककाे ज्यान गयो



कास्की ९ जेठ । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवककाे ज्यान गएकाे छ भने एक जना घाइते भएका छन् ।

गएराति ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको ज्यान गएकाे हाे । उनकाे उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

मोटरसाइकल चालक तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पुका १७ वर्षीय सङ्गम बानियाँ घाइते भएका छन् । उनको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्