पोखरा, ३ असार । पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भोलि प्रतियोगिता हुने भएको हो ।
साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।
४५ किलोमिटर दूरीको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए ।
महिला र पुरुष विधामा प्रतियोगिता हुनेछ । पोखरा-१६ मा रहेको कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता र्यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै फेरि कालीखोलाको पुलमा नै आएर सम्पन्न हुनेछ ।