पोखरा, १४ साउन । पोखरा महानगरपालिका वडा नम्बर २१ को फुर्सेखोलामा एक स्कुल बस दुर्घटना भएको छ ।
एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको ग १ क ६३१९ नम्बरको बस सोमबार बिहान फुर्सेखोलाको घुम्तीमा सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माकाअनुसार दुर्घटना हुँदा बसमा २२ जना विद्यार्थी, एक चालक र एक सहचालक गरी कुल २४ जना सवार थिए ।
घाइते विद्यार्थीहरूको तत्काल उद्धार गरी गण्डकी मेडिकल कलेज पृथ्वीचोकमा उपचारका लागि लगिएको छ ।






