काठमाण्डौ, २४ माघ । २४औं संस्करणको पोखरा गोल्डकपकोे तेस्रो प्रि–क्वाटरफाइनलमा आज न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् । यो खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे शुरू हुनेछ ।
यसअघि हिजोको दोस्रो प्रि–क्वाटरफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै मच्छिन्द्र क्लब क्वाटरफाइनलमा पुगेको छ ।
पहिलो खेलमा आयोजक सहारा फुटबल क्लबलाई हराउँदै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा पुगिसकेको छ ।
अस्तिदेखि शुरू भएको प्रतियोगितामा ३ वटा विदेशीसहित १० वटा टोली रहेका छन् । मनाङ मर्स्याङ्दी क्लब भने यस पटक सहभागी भएको छैन ।
पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।