काठमाण्डौ, २३ माघ । पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज एपीएफ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबले खेल्दैछन् । याे खेल पोखरा रङ्गशालामा दिउँसो २ बजे शुरू हुनेछ ।
आयोजक सहारा क्लब यसपटक पहिलो खेलबाटै बाहिरिएको छ । हिजो भएको उद्घाटन खेलमा सहारा नेपाल पुलिस क्लबसँग १–० गाेलले पराजित भयो ।
नकआउटका आधारमा चलिरहेको प्रतियोगितामा यस पटक ३ विदेशीसहित १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।