Logo

पोखरा महानगरपालिकाले पनि लगायो भारतीय चलचित्र प्रदर्शनमा रोक



कास्की, ४ असार । पोखरा महानगरपालिकाले पनि आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ ।

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको महानगरपालिकाले जनाएको हो ।

पोखरा महानगरका मेय धनराज आचार्यले महानगर भित्रका हललाई भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन पत्राचार गरेका हुन् । यसअघि काठमाडौँ महानगरपालिकाले आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्