
पोखरा, ३० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबको पाँच महिनाभित्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् ।
पोखरामा बुधवार फेवा महोत्सवको उद्घाटन गर्दै उनले विमानस्थलको ९५ प्रतिशत कम सकिएको जानकारी गराउँदै विमानस्थल सञ्चालनका लागि अवरोधका रूपमा रहेको रिट्ठेपानी डाँडा काट्ने काम फास्ट ट्र्याकमा अगाडि बढ्ने बताए । ‘क्यान (नेपाल नागरिक उड्डयन प्राधिकरण)सँग सल्लाह गरेर डाँडा काट्ने काम छिटै अगाडि बढाउँछु’, मन्त्री आलेले भने ।
कार्यक्रममा उनले पोखरा विमानस्थल नजिकै रहेको ल्यान्डफिल साइट नयाँ ठाउँमा व्यवस्था गर्न पोखरा महानगरपालिकालाई आग्रह गरेका थिए ।







