Logo

पोखरा विमानस्थल बिआरआई परियोजना हो: चिनियाँ राजदूत



पोखरा, ६ असार । नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ ‘बीआरआई’ परियोजनाअन्तर्गत भएको दोहोर्‍याएका छन् ।

बुधवार पोखरा विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सोङले यस्तो बताएका हुन् ।

यसअघि विमानस्थल उद्घाटनको क्रममा पनि उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘बीआरआई’ परियोजनाअन्तर्गत बनेको बताएका थिए ।

उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । चिनियाँ इन्जिनियहरूबाट यो निर्माण भएको हो । अन्तत: हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ । यो बीआरआई परियोजनाअन्तर्गतको हो ।’

सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि २०७३ साउन १८ गतेदेखि यो विमानस्थलको निर्माण सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्