Logo

पोखरा विमान दुर्घटनामा पाकिस्तानद्वारा समवेदना व्यक्त



इस्लामाबाद, २ माघ (सिन्ह्वा) । पाकिस्तान सरकारले आइतवार मध्य नेपालको पोखरामा विमान दुर्घटना भएको खबरबाट मर्माहत भएको बताउँदै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । विदेश मन्त्रालयले आइतवार अपराह्न एक विज्ञप्ति निकालेर नेपाल सरकारप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गरेको हो ।

“नेपालको पोखरामा भएको हवाई दुर्घटनामा भएको अमूल्य जीवनको क्षतिप्रति पाकिस्तान सरकार दुःखित भएको छ, पाकिस्तानी जनता दुःखको यो घडीमा पीडित परिवार र नेपाली जनताका साथमा छन्,” मन्त्रालयले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ ।

चालक दलका सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ६८ जनाको शव फेला परेको तथा खोज तथा उद्धार कार्य जारी रहेको नेपालका सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्