Logo

पोखरीमा डुबेर एकै गाउँका दुई जना बालिकाको मृत्यु



सप्तरी, २८ असार । सप्तरीको कञ्चनरुप नगरपालिका-५ मा आज पोखरीमा डुबेर एकै गाउँका दुई जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका-५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार अत्यधिक गर्मी बढेका कारण सात/आठ जना बालिकाहरू मिलेर सोही ठाउँका दीपक चौधरीको पोखरीमा आज नुहाउन गएका थिए ।

सोही क्रममा रजनी र सेन्द्री पानीमा डुबेको स्थानीयवासीले जनाएका छन् । सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा मृत्यु भएको छ भने रजनीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्