झापा, २९ फागुन । पोखरीमा डुबेर झापामा एक जनाको मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका-३ भैंसाबाडीस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ४० वर्षीय राम कुमार लिम्बुको आइतबार दिउँसो मृत्यु भएको छ ।
पोखरीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पृथ्वीनगर र बिओपी हिमाली झापाबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले खोजी गर्ने क्रममा सोही पोखरीमा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






